८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा ओलीको आशंका



काठमाडौं । चैत ७ गते
आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा एमाले अध्यक्ष केपी ओलीले आशंका व्यक्त गर्नु भएको छ । आज काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिनु भएको हो ।

एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गर्नु भएको छ । मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिनु भएको हो । त्यस्तै उहाँले चुनावपछि एमालेले तीनै तहका सरकार बनाउने बताउनु भएको छ । तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न नसक्ने ओलीको भनाइ छ।स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३९ बजे