८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल



काठमाडौं । चैत ७ गते
नेपाली चर्चित अभिनेता राजेश हमाल नारायणी नदी किनारको सरसफाइमा सहभागी हुनु भएको छ । अभिनेता हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी हुनु भएको हो । उहाँले नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह समेत गर्नु भएको छ । स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन अभिनेता हमाल अपिल गर्नु भएको छ ।

 

अभिनेता हमाल आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए ।आज बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गर्नु भएको हो । उहाँले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी नहुँने बताउँदै सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य रहेको जिकिर गर्नु भएको थियो । उहाँले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गर्नु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ४८ बजे