२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जावलाखेलमा २३ औँ फ्लोरा एक्स्पो हुँदै



७ चैत्र ०७८, ललितपुर ।  ललितपुरको जावलाखेल मैदानमा २३ औं फ्लोरा एक्स्पो हुने भएको छ।  फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना उक्त एक्स्पो बुधबारबाट सुरू हुन लागेको हो।  एक्स्पोमा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको आर्थिक सहयोग रहेको छ।

मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ।

मेला चार दिनसम्म चल्ने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिव बहादुर खड्काले जानकारी दिए।

मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा  सघाउ पुर्याउने एसोसिएसनले विश्वास लिएको छ।

एक्स्पोमा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायीक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहनेछन्।

एक्स्पोमा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबीजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने एसोसिएसनले बताएको छ।

एसोसिएसनकाअनुसार १० उत्कृष्ट मौसमी फूल, २० उत्कृष्ट आलंकारिक बिरुवा, ३० उत्कृष्ट फूल्ने बिरुवा, ४० उत्कृष्ट पुष्प सजावट, ५० उत्कृष्ट स्टल, ६० उत्कृष्ट कट फ्लावर (गुलाब), ७० उत्कृष्ट कट फ्लावर (कार्नेसन), ८० उत्कृष्ट कट फ्लावर (जरबेरा) गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ।

साथै यस वर्ष लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुयाएको पुष्प नर्सरीको छनौट गरी उक्त नर्सरी लाई कदर पत्रद्वारा सम्मान गरिने भएको छ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।