४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


किभस्थित सपिङ महलमा बिस्फोट, ८ जनाको मृत्यु



काठमाडौं । चैत ८ गते
युक्रेनको राजधानी किभ स्थित एउटा सपिङ महलमा रुसले शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त बिस्फोटमा परि केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।

बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो भने आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ०१ बजे