८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लेटाङमा आज पनि कर्फ्यू जारी, २२ जनामाथि अनुसन्धान हुँदै



काठमाडौं । चैत ८ गते
मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएपनि कर्फ्यू भने जारी छ। स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा कर्फ्यु लगाइएको हो। अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रहरपले जनाएको छ । लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।

 

घटनाको अनुसन्धानका गर्नका लागि २२ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो। त्यस्तै यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ।प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गर्‍यो।स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ४४ बजे