६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्रीन भेन्चर्सको आईपीओ आजबाट विक्री खुला



८ चैत्र ०७८, काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २८ लाख ७५ सय कित्ताका सेयर सर्वसाधारणको लागि रहेको छ । सर्वसाधारणले २८ लाख ७५ हजार कित्तामा आवेदन आवेदन दिन सक्नेछन् ।

आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म अवोदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ३८ बजे