१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहविरुद्ध मुद्दा दर्ता,१२ देखि १४ वर्ष कैद सजाय माग



काठमाडौं । चैत ८ गते
जिल्ला अदालतमा तनहुँमा नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । उनलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको उनले बताए ।

अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन् । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को ९ग० अनुसार सजाय माग गरिएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : २४ बजे