२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी परियोजनाले अधिग्रहण गरिएको जग्गा ३५ दिनभित्र खाली गर्न आग्रह




८ चैत्र ०७८, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको काम अघि बढेको छ ।
परियोजना अन्तर्गत सब–स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ । चार सय केभी रातमाटे सब–स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो ।
जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो ।

मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास रकमहरु समेत निर्धारण भई सो को वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेकोले ति अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरुप सव–स्टेसन निर्माणका लागि तारवार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरु बुझिसकेका महानुभावहरुले अधिग्रहण गरिएका घरजग्गाहरु ३५ दिन भित्र खाली गर्न सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।