१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका लक्ष्मी तामाङले पाइन् सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड



९ चैत्र ०७८, काठमाडौं । तामाङ समुदायको चर्चित सेलो गीतकी गायिका लक्ष्मि तामाङ सर्वोत्कृष्ट तामाङ सेलो अवार्डबाट सम्मानित हुनु भएको छ । बिगत लामो समयदेखि सांगितिक क्षेत्रमा लाग्नु भएको गायीका तामाङको पहिलो गीत आफ्नै शब्द स्वदेश गीत हासेर खेलेको डाडा मैले गाएर नाचेको पाखा हो भने कति परक पायो अरुमा,पानी है पर्यो झम झम झम, सन्का तिम्रो कति कति ,म त चोखो माया गर्छु , पर्देशी संग लाएको माया,सेलो डम्फुको ताक्धुम सेलो सुहाउँछ रे मलाई आङ्गी र पाङ्देनले लगायतका गीतमा आफ्नो आवाज दिनु भएको छ । सुमधुर स्वरकी धनी र सबैको मन मुटुमा बस्न सफल गायीका तामाङले तामाङ समुदायको संस्कृति,समस्या र रितितिथिलाई सेलो गीतमार्फत झल्काउने गर्नु भएको छ ।

हालै राजधानीमा सम्पन्न दोस्रो नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड २०७८ मा तामाङको चाईना जुत्ता बोलको गीतबाट वेष्ट सेलो गायिकाको अवार्ड हात पार्न सफल हुनु भएको हो । कार्यक्रमा दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधालाई समेटेर अवार्ड प्रदान गरिएको थियो। वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड कार्यक्रममा प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषणले सम्मान गरिएको थियो ।

त्यस्तै जुत्ता बोलको सेलो गीत ल्होछारको अवसर पारेर बजारमा ल्याइएको थियो । गायिका तामाङले वेष्ट सेलो गायिकाको अवार्ड पाए पछि सांगितिक यात्रामा अगाडी बढ्न थप हौसला मिलेको बताउनु भएको छ । उहाँले आगामी दिनहरुमा आफ्नो कर्मलाई अझ परिस्कृत गरेर यसलाई निरन्तरता दिने यस अवार्डले प्रेरणा प्रदान गरेको जिकरि गर्नु भएको छ ।

आफुले लामो समयदेखि सांगितिक क्षेत्रमा गरेको मेहनत र संघर्षको मुल्याङ्कन भएमा खुसी व्यक्त गर्नु भएको छ । उहाँले दर्शक स्रोताहरुको माया र साथ यसैगरि मिल्दै गयो भने अझ मेहनत गर्दै अझै राम्रा गीतहरु बजारमा ल्याउने बताउनु भएको छ । त्यस्तै नेपाली गीत संगीतको आकाशमा छाउन सफल र सक्रिय गायिका तामाङ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ निम अवार्डमा पनि चाईना जुत्ता बोलको गीतबाट सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको सूचिमा पर्न सफल हुनु भएको छ । अवार्ड वितरण आगामी चैत्र २० गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।