२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


सपिङ महलमा हमला हुँदा जनाको मृत्यु



काठमाडौं । चैत ९ गते
दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ ।

आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट –आईएस– लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । प्र्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन सहरको शिक्षक रहेको बताएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।