१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बप्पी लहरीको रणवीरसँग यस्तो प्रेम



९ चैत्र ०७८, काठमाडौं
स्वर्गिय बलिउडका लोकप्रिय गायक र संगीतकार बप्पी लहरीले भारतमा डिस्को संगीतको सुरुवात गरेका थिए । सन् ८० देखि ९० को दशकमा भएका अधिकांश रेट्रो पार्टीमा बप्पीका गीत बज्दथे । उनको प्रतिभाबाट जोकोही परिचित थिए । उनको गत १५ फेब्रुअरीमा निधन भएपछि बलिउडले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।यिनै गायकका छोरा बप्पाले पिता बप्पीले आफ्नो बायोपिक बनाउन चासो दिएको खुलासा गरेका छन् । उनका अनुसार पिताले आफ्नो बायोपिक बनाउँदा उक्त बायोपिकमा अभिनेता रणवीर सिंहलाई ‘बप्पी’को भूमिका चरित्र हेर्न चाहेको बताउने गरेका थिए ।

उहाँ जहिल्यै पनि आफ्नो बायोपिकमा रणवीर सिंह काम गरून् भन्ने चाहनुहुन्थ्यो । तीन, चार वर्षअघि केही निर्मातासँग बायोपिकको बारेमा पनि कुरा भएको थियो । बुबा रणवीरलाई निकै मनपराउनु हुन्थ्यो’, बप्पाले भनेका छन् ।उनले बायोपिकका विषयमा रणवीरसँग कहिल्यै कुरा नगरेको उल्लेख गरेका छन् । रणवीरसँग कुराकानी गर्नुअघि कथा लेखन र प्रि–प्रोडक्सनको काम सक्नुपर्ने भएपछि त्यो काम नसकिएको उनले खुलाए ।‘अहिले हामी बायोपिक बनाउन सक्ने अवस्थामा र चरणमा छैनौं । रणवीरभित्र सबै गुण छन्, जुन मेरो पिताभित्र थियो । रणवीरमा संगीत बुझाइको ठूलो भण्डार छ । उनी मेरो पिताको ठूलो फ्यान हुन्, हामी उनलाई सम्मान गर्छौ,’ बप्पीले भनेका छन् ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ४४ बजे