२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज घोषणापत्र केन्द्रित छलफल गर्दै एमाले



 

१० चैत्र ०७८, काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको छ। नेकपा एमालेको बुधबारको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बैठकमा स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने जनाइएको छ। घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिनु भएको छ ।

निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उहाँले बताउनु भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।