८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


९० करोड बक्यौता बुझाउन क्यासिनोलाई मन्त्री आलेको अल्टिमेटम



१० चैत्र ०७८, काठमाडौं ।
तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अल्टिमेटम दिएका छन् ।पटक९पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

आर्थिक वर्ष २०७६७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।
रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।