८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन’



 


१० चैत्र ०७८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका छन् ।
दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।”
नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन ।”
भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहाल प्रमुख छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् ।
माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दै छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ५१ बजे