८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा हुने




११ चैत्र ०७८, काठमाडौं । शेखर समूहको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा हुने भएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो ।

सभापतिले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति नेविसंघका पूर्वसभापति रञ्जित कर्णले बताए । ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेको उनको भनाई छ । उनका अनुसार सो भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : २१ बजे