८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवा गठबन्धनको पक्षमा, कोइराला विपक्षमा




११ चैत ०७८, काठमाडौं । सत्ताको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ ।
चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको बिरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ ।
सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ ।
केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ ।
आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन् ।
गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन् ।

बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे । उनले अन्य पार्टीले भने अनुसार गठबन्धन गर्दा कांग्रेस आगामी दिनमा थप कमजोर हुने बताएका थिए ।
नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताए । उनले पार्टीमा एकता कायम नगर्ने अनि बाहिर गठबन्धन गर्न खोज्दै हिँड्ने गर्न नहुने बताएका थिए । त्यस्तै नेता नैनसिंह महरले पनि गठबन्धन गर्न खोज्दा बगलीमा रहेको पनि खस्ने डर हुने बताएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ३९ बजे