२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद साह घाईते




१२ चैत्र ०७८, काठमाडौं । सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाईते भएका छन् । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाईते भएका हुन् ।उनको बयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिनयता स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । उक्त क्लवको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो । सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।