ललितपुर खबर
१२ चैत्र ०७८, काठमाडौं । पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको सन्दर्भ पारेर आयोजित पत्रकार र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटसल उपाधि दक्षिण ललितपुरको वागमती गाँउपालिकाले उचालेको छ ।
ललितपुरको बागमती गाउँपालिका र महाँकाल गाउपालिकाबीच भएको फाइनल खेल महांकाल गाउँपालिकालाई ८का विरुद्ध ४ गोलले पराजित गर्दै बागमतीले उपाधि जित्यो भने प्रतियोगितामा महांकाल गाउँपालिका उपबिजेता बन्यो ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका वागमती कोञ्ज्योसोम र महाँकाल गाँउपालिका, गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका साथै पत्रकार महासंघ ललितपुरका दुई वटा टीम सहभागी भएका थिए ।
पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया