८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, ललितपुरमा २ लाख ४३ हजार ८८४



१३ चैत्र ०७८,ललितपुर । स्थानीय तह निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ। निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुंगो लगाएको हो।

सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने भएका छन्।

त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरूष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको अर्यालले बताए।

यस्तै १८३ जना अन्य छन्। चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।

प्रदेश अनुसार सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। बागमतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता छन्।

प्रदेश नम्बर १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७०, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ र गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० र कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्।

आयोगका अनुसार काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ८९ हजार ५८४ मतदाता छन्।

मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन्। ६ हजार ४९६ मतदाता मनाङबाट छन्।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।