६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दीपाश्री र सन्दिपले गरे कुमारीपाटीमा सलोन उद्घाटन




१४ चैत्र ०७८, ललितपुर । कलाकार दिपाश्री निरौला, सन्दिप क्षेत्री र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले ललितपुरको कुमारिपटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुनः शुभारम्भ गरेका छन् । बिगत १२ बर्षदेखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोनु; कुमारीपाटीमा अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याईएको पार्लरकि वनर सारा गुरुङले जानकारी दिएकी छिन । लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गरेका थिए ।
यस पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने पार्लरकी संचालक तथा कुशल ब्युटिसियन सारा गुरुङले बताईन । उक्त क्षेत्रको एक मात्र अत्याधुनिक प्रबिधियुक्त पार्लर सौन्दर्यप्रति सचेत महिला तथा पुरुषहरुको लागि भरपर्दो गन्तव्य रहेको दावी गरिएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मीद्वारा सेवाग्राहीहरुले सेवा लिन पाउन बताइएको छ ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस ‘कट एण्ड कलर हेयर सलोनु; ललितपुर कुमारीपाटीको केकेएफसीको पछाडि रहेको छ।
शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र बिसेष अतिथि सन्दिप क्षेत्रि, रश्मिला श्रेष्ठले सारालाइ बधाई तथा शुभकामाना दिएका थिए । महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा संचारकर्मी÷कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : २८ बजे