२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालनमा



१५ चैत ०७८, काठमाडौं । आजबाट स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले टोल फ्रि सञ्चालन गर्ने भएको छ ।निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।