१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री श्रीलंकामा



१५ चैत ०७८, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुगेका छन् ।औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलोम्बो पुगेका हुन् ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।