
१५ चैत्र ०७८, रुपन्देही । रुपन्देहीको तिलोत्तमा- २, शंकरनगर वनबाटिकामा निर्माण गरिएको भ्यु टावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र र तिलोत्तमा नगरपालिकाको लगानीमा निर्माण भएको उक्त भ्यु टावरकाे मंगलबार ओलीले उद्घाटन गरेका हुन् ।
११ करोड ४५ लाख रुपैयाँकाे लागतमा भ्यु टावर निर्माण गरिएकाे तिलोत्तमा नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए । १३४ फिट अग्लो ११ तले भ्यु टावरले ३ हजार ५९५ वर्गफिट क्षेत्रफल ओगटेको छ ।
टावरको पहिलो तलामा कार्यालय तथा विश्राम कक्ष, दोस्रो तलामा डिपार्टमेन्टल स्टोर, तेस्रो तलामा रेस्टुरेन्ट, चाैथाे तलामा विभिन्न प्रयोजनका लागि आठवटा कोठा रहेका छन् ।








प्रतिक्रिया