२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरमा दुर्गा प्रसाईले खोले नेपालकै ठूलो तरकारी बजार




१५ चैत ०७८, भक्तपुर । भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।
सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार छ ।
बजारमा दुईवटा द्वारहरू छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब दुई तीन सय मिटरपूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै छन् ।
आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ । न्युज कारखाना

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।