२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै,यस्ता छन् मुख्य एजेण्डा



१६ चैत्र ०७८, काठमाडौं । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेलबारे छलफल हुनेछ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा विचार मिल्ने नमिल्ने दलहरुसँग स्थानीय तहको आवश्यकता र अवस्था अनुसार तालमेल गर्ने तयारीमा लोसपा छ ।

नेताहरुका अनुसार स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रदेखि समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेकोबारे शीर्ष नेताहरु बैठकमा प्रष्ट पार्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।