७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ   



१६ चैत्र ०७८, काठमाडौं ।  सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।
उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।