४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं–प्रचण्ड



१७ चैत्र ०७८, काठमाडौं । गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको बताए । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं ।

निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा आफुहरु प्रष्ट रहेबो बताएका छन् । उनले कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा नभउको बताए । उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।