४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देश परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका: प्रधानमन्त्री



१७ चैत्र ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् । बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ । मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उनले यस्ता समाचारले विश्वसनीतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह गरे । देशको विकासका लागि सञ्चार माध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनको विश्वास छ । समस्या र अप्ठ्यारा चिरेर सत्तारुढ गठबन्धनलाई अघि बढाउने प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।