१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउमा कृषि पर्यटन तथा साँस्कृतिक मेला आयोजना हुँदै




ललितपुर खबर
१७ चैत्र ०७८, चापागाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउमा गोदावरी कृषि, पर्यटन साँस्कृतिक महोत्सव २०७८ आयोजना हुँदैछ । विहीबार चापागाँउको बज्रवाराहीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही चैत्र २५ गतेदेखि वैशाख ४ गतेसम्म चापागाँउ टाहाखेलस्थित रंगशालामा मेला आयोजना हुँदैछ ।

कार्यक्रममा बोल्दै मेलाका आयोजक गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय कला, संस्कृतीको संरक्षणका लागि मेला आयोजना गर्न लागिएको बताए । उनले भने, ‘हामी पहिलोपल्ट यस्तो खाले मेला आयोजना गर्दैछौं । मेलाको उदेश्य स्थानीय कला, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रको उत्थानका लागि हो ।’

गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले महिला उद्यमीहरुका लागि निशुल्क स्टल दिइने बताए । उनले भने,‘मेलाले दक्षिण ललितपुरको प्रवद्र्धनको कोषेढुंगा सावित हुने विश्वास छ ।’ कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष भाष्कर थापाले मेलाले आफूहरुले नयाँ कुरा सिकाउने बताए ।

मेलामा प्रवेशका लागि ४० रुपैया शुल्क निधारण गरिएको छ भने बृद्धहरुलाई निःशुल्क प्रवेश गराइने बताए ।
कार्यक्रमको व्यवस्थापक रहेको सुरताल इभेन्टले सबै नाफा घाटा व्यहोर्ने गरि सम्झौता गरिएको मेयर महर्जनको भनाई छ । उनले भने,‘नगरपालिकाले ५ लाख दिनेछ । नाफा घाटा सबै इभेन्ट कम्पनीको हो ।’

कार्यक्रमको संयोजन राष्ट्रिय संगीतकर्मी संघले गरेको छ भने गोदावरी उद्योग बाणिज्य संघ सहआयोजक रहेको छ ।
मेलामा सास्कृतिक कार्यक्रम रहनेछ । टिकटक च्यालेन्ज,खुला नृत्य प्रतियोगिता, ललितपुर डान्स आइडल, समेत आयोजना हुने बताइएको छ ।

मेलामा लाखे नाच, खैजडी भजन,बाँसुरी,धिमेबाजा र झाँकी समेत देखाउने योजना रहेको कार्यक्रम संयोजक सुवास महतले बताए । कार्यक्रम स्थलबाट गोसाइकुण्ड यात्राका लागि हेलिकप्टरको समेत व्यवस्था हुनेछ ।
कार्यक्रम स्थलसम्म जानका लागि चापागाँउ बजारबाट अटो रिक्साको व्यवस्था हुनेछ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।