४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धनका असन्तुष्टलाई एमालेमा समेट्ने




१८ चैत्र ०७८, काठमाडौं । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ ।नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद दिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो । बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तीनका भावना एमालेले सम्वोधन गर्ने छ । त्यसका लागि स्थानिय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन् ।कांग्रेसका सुदूरपश्चिम, कर्णाली र गण्डकीका सभापतिसँग ‘ट्रयाक टु’ वाट वार्तासमेत गराइरहेका ओलीले वडादेखि नै त्यसका बारेमा टिपोट गर्न सुझाएको एमालेका एक नेताले जानकारी दिए । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतासँग सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।