१८ चैत्र ०७८, काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुलयमा बृद्धि भएको छ । आज सुन आठ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मुल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मुलय १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया