९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ऋतिक रोशन करण जोहरको एक्सन फिल्ममा




चैत १८ गते काठमाडौं ।निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गमलगायतका फिल्म उनको परिचय हो ।उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोस्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलोपटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।‘रकी और पिंकीकी प्रेम कहानी’ निर्देशन गरेका करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् ।

उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।केही समय अगाडि मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले छिट्टै एक्सन फिल्म निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन् । पछिल्लो समय ‘वार’ मा देखिएका ऋतिकलाई दर्शकले रुचाए ।
ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएकाले करणले उनलाई अनुबन्ध गर्ने तयारी थालेका हुन् । ऋतिकको ‘क्रिस ४’ पछि करणको फिल्म प्रदर्शनमा आउने भएकाले पनि उनलाई फाइदा नै हुनेछ । करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्नेसमेत बताएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ३४ बजे