६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आईओसीले पठायो पेट्रोलिय पदार्थको नयाँ मूल्यसूची



१८ चैत्र ०७८, काठमाडौं ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेको छ । त्यस्तै मट्टितेल २२ रुपैयाँ, डिजेल २ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ बढेको छ । साथै पेट्रोलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको छ ।  ​

नेपाल आयल निगमको सञ्चित घाटा ३२ अर्ब नाघेको छ । स्वचालित मूल्य प्रणालीअनुसार इन्डियन आयल कर्पोरेसनले अप्रिल १ गते नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको हो ।

आज प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेको छ । त्यस्तै मट्टितेल २२ रुपैयाँ, डिजेल २ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ बढेको छ । साथै पेट्रोलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको छ ।

आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ४३ बजे