२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने




१९ चैत्र ०७८, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्र्ने भएको समितिले जनाएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा महत संयोजकत्वको समितिमा शुक्रबार ६७ जना सदस्य मनोनयन गरेका थिए ।
समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ । प्रदेश र स्थानीय तहमासमेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने समितिले निर्णय गरेको छ ।

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र रेडियो, एफएम, टिभी, छापामाध्यम, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने जनाएको छ । समितिले उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी र अन्य पेशागत संस्था र शुभेच्छुकलाई परिचालन गर्ने तथा प्रचार सामग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ ।
समितिले कांग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचारप्रसारका लागि उपयोग गर्ने तथा आवश्यकताअनुसार परिस्कृत गर्दै जाने तयारी गरेको छ ।
समितिको शुक्रबारको बैठकले प्रत्येक क्षेत्रीय कार्यसमितिलाई आफूभित्रका पालिकामा प्रचारप्रसार समिति गठन गर्न र त्यस्ता समिति गठन गर्र्दा नेपाल प्रेस युनियनसँग समन्वय गर्न पनि आग्रह गरेको छ । समितिले पार्टीको घोषणापत्र, प्रचारप्रसार सामग्री र नारा तयार गर्दा कांग्रेसको सरकार र कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका काम र आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पु¥याउने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।