८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको वागमतीमा एमाले र काँग्रेस नेता कार्यकर्ताको तानातान




२० चैत्र ०७८,ललितपुर । स्थानीय निर्वाचनको मिती नजिकिएसँगै दक्षिण ललितपुरको वागमती गाँउपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिश्पर्धा चलेको छ ।
शनिबार एकै दिन काँग्रेस एमालेले एउटै ठाँउमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।
ललितपुरको सातकन्या मैरैस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालले बागमती गाउँपालिका कमिटीले भेला, प्रशिक्षणमा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ भने नेपाली काँग्रेसले पालिकको सदरमुकाम छपेलीमा प्रशिक्षण कार्यक्रममा ५० भन्दा धेरै स्थानीयलाई पार्टी प्रवेश गराएको छ ।
वागमती गाउँपालिका कमिटिका अध्यक्ष नवराज सन्जेलले नेपाली काँग्रेस,माओपादी केन्द्रबाट ९० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसकोबाट गाउँपालिकाको बोर्ड सदस्यमा निर्वाचित भएका गिम्दीका मदन विकसहित झण्डै ९० जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।’
शनिबारै नेपाली काँग्रेसले पनि गाँउपालिकाको सदरमुकाम छपेलीमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
नेकपा एमालेलगायत पार्टीबाट करिब ५० जना कार्यकर्ता कांग्रेसमा प्रबेश गरेको नेपाली काँग्रेस पालिकाका पुर्वसभापति विष्णुप्रसाद तिमल्सिनाले बताए ।
उनले भने, ‘लामो समयदेखि एमालेमा आबद्ध मुकुन्द दाहाल सरस्वती दाहाल, केदार दुलाल, कुमार जिम्बा, राजु बुलुनगायत ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।’
उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य, उदयशम्सेर राणा महिला नेतृ ईश्वरी न्यौपाने, नेताहरु मीनकृष्ण महर्जन, विरबहादुर लोप्चन,गजेन्द्र महर्जन, विष्णुप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।
एमालेको प्रशिक्षण तथा वनभोज सहितको प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका सातै वडा झण्डै एक हजार नेता कार्यकर्ता भेला भएको पालिका अध्यक्ष सञ्जेलले बताए ।
संजेलले भने, ‘हामीले ५÷६ सयको संख्यामा मात्रै स्थानीय नेता काइृकर्ता आउछन् भन्ने सोचेका थियौं । तर यहाँ एमालेको उत्साहजनक सहभागिता रह्यो ।’
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुशीला नेपाल, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यंजनकार,संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्यहरु गोपाल सन्जेल, रामचन्द्र दाहाल, रामकृष्ण हुमागाईं, बाबुकाजी प्रधान, जिल्ला कमिटि अध्यक्ष पुरुषोत्तम आचार्यलगायत विभिन्न पालिका कमिटि, जनवर्गीय संगठनका प्रतिनिधि लगायत सहभागी थिए ।

न्युज कारखाना

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ३९ बजे