४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु




२० चैत ०७८, काठमाडौं । रियो दि जेनेरियो–अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ ।

आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४५ बजे