९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इन्डियन प्रिमियर लिगमा हैदरावादको लगातार दोस्रो हार



 


२२ चैत ०७८, काठमाडौं । सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।

हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ । बिना कुनै अंकको हैदराबाद पुछारमा छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ०३ बजे