२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधान दिवसमा घोषणा भएका विभुषण राष्ट्रपतिले वैशाखमा प्रदान गरिने



 

२२ चैत ०७८, काठमाडौं । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिन९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थियो । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समारोह हुनेछ ।घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।