२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधान दिवसमा घोषणा भएका विभुषण राष्ट्रपतिले वैशाखमा प्रदान गरिने



 

२२ चैत ०७८, काठमाडौं । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिन९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थियो । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समारोह हुनेछ ।घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।