२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले एसको अस्तित्व स्वीकार नगरे अछाममा एक्लै चुनाव लड्ने



२२ चैत ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले अछाममा १० वटै स्थानीय तहमा सम्मानजनक गठबन्ध हुनुपर्ने बताएका छन् । तर, नेपाली कांग्रेसले समाजवादी पार्टीको सहअस्तित्व अस्वीकार गरेमा समाजवादी १० वटै स्थानीय तहमा एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउक समाजवादी पार्टीको पनि महत्ववूर्ण भूमिका रहेको बताउँदै कुँवरले त्यसको हेक्का राख्न सुझाव दिए । कुँवरले यो गठनबन्धन केपी ओलीको राष्ट्रघातविरुद्ध बनेको बताए । एमालेले राप्रपासँग गठबन्धन गरेर हलो चिन्हमा मत हाल्न लगाउने अनि हामीले कांग्रेससँग गठबन्धन गरेर रुखमा भोट हाल्दा फरक पर्ने उनले प्रश्न गरे,ुहामीले मात्रै कांग्रेसको रुख चिन्हमा मतदान गर्ने होइनन, कांग्रेसले पनि समाजवादीको कलममा भोट हाल्छ ।ु

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।