२३ चैत्र ०७८, साघाई । सांघाइ चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । निषेधाज्ञाबाट शहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।
महत्वपूर्ण वित्तीय हव सांघाइमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
२३ चैत्र २०७८, बुधबार
0
Shares
प्रतिक्रिया