
२३ चैत्र ०७८, कातमाडौं । यूवा केन्द्रीय नेता नवराज लम्सालको पहलमा नेपाली जनता दलको संस्थापक केन्द्रीय सदस्य भुपेन्द्र ढुङ्गना, केन्द्रीय प्रवक्ता राम लामा सहित विभिन्न पार्टी छोडेर ९६ जना नेता कार्याकर्ताहरू लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बागमती प्रदेश कमिटीको व्यानरमा राजधानीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि सो पार्टीको वरिष्ठ नेता पूर्व मन्त्री संघिय संसद माननीय शरदसिंह भण्डारी हुनुहुन्थ्यो भने विशेष अतिथिमा पार्टीको कार्यकारिणी सदस्यद्वय केशव कुमार झा र डाक्टर सुरेन्द्र झा हुनुहुन्थ्यो । अतिथिहरूमा केन्द्रीय युवा नेता तथा चर्चित व्यक्तित्व नवराज लम्साल, शोम जनैदार, केशव अधिकारी, लगायत् हुनुहुन्थ्यो ।
पार्टीमा नवआगन्तुक साथिहरूलाई खादा, माला र अविर लगाउदै प्रमुख अतिथि पूर्वमन्त्री भण्डारीले लेकतान्त्रिक समाजवादी पार्टी मात्रै जनताको पार्टी भएको र यस पार्टीले मात्रै उत्पीडनमा परेको हिमाल, पहाड, मधेस, तराईको जनताको उन्मुक्ति गर्न सक्ने र वास्तविक जनताको पार्टी भएको वताउनु भयो । साथै नव आगन्तुक साथीहरूलाई पार्टीले आवश्यकता र औचित्यताको आधारमा जिम्मेवारी दिने बताउनु भयो ।
बिशिस्ट अतिथिको आसनबाट कार्यकारिणी सदस्य केशव झाले यो पार्टी समावेशी पार्टी भएको र जनताको जनजिविकाको विषयलाई पार्टीले उच्च प्राथमिकताको आधारमा उठाएको बताउनु भयो र पार्टीमा सबैलाई समेट्ने नेतृत्व भएकोले ढुक्कसँग यो पार्टीमा प्रवेश गर्ने साथीहरूले अवसर पाउनु हुने बताउनु भयो । विशिष्ट अतिथिको रूपमा बोल्दै डाक्टर सुरेन्द्र झा ले नेपालको अर्थ व्यवस्था र नेपाली जनताको दयनीय अवस्था लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मात्रै वदल्न सक्ने वताउनु भयो ।
अतिथिको रूपमा बोल्नुहुदै युवा केन्द्रीय नेता नवराज लम्सालले आफु असाध्यै भावुक र खुसि भएको बताउनु भयो । कुनै वेला आफूपनि नेपाली जनता दलको महासचिव र संगठन बिभाग प्रमुखको जिम्मेवारी निभाएको र पाँच वर्ष अगाडि नै महन्थ ठाकुर जस्तो त्यागी नेता, राजेन्द्र महत्तो, शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ सुक्ला जस्तो परिपक्व नेता भएको पार्टीमा प्रवेश गर्दा सबै साथीहरूलाई प्रवेश गराउन खोजेको तर कतिपय कुराहरू मिल्न नसक्दा छोड्न परेकोले आफ्नो परिवार अपुरो भएको महशुस गरेकोमा अहिले साथीहरू आउँदा असाध्यै खुसि लागेको बताउनु भयो ।लोकतान्त्रिक समाजवादी पार्टीले सबैलाई न्याय गर्ने र जनताको जनजिविकाको सवालमा कुनै मोलाहिज्जा नगर्ने चट्टानी अडान भएको महन्थ ठाकुरको नेतृत्व नै पार्टीको गौरव भएको बताउनु भयो । महन्थ ठाकुर जस्तो दृढ संकल्पीत नेता समकालीन नेपालमा अन्य नभएको बताउनु भयो ।
विगतको इतिहास बताउदै केन्द्रीय नेता लम्सालले भन्नुभयो महन्थ ठाकुर नेपाल सरकारको मन्त्री छाडेर मधेस आन्दोलनमा सहभागी हुनुभएको, निकटमा आएको राष्ट्रपति र पछिल्लो समय आईपुगेको प्रधानमन्त्रीको कुर्सी समेत त्याग्न सक्ने अपवाद नेता नै महन्थ ठाकुर हुनुभएको आफू उहाँको दर्शनवाट असाध्यै प्रभावित भएको वताउनु भयो । आफू महन्थ ठाकुर जि जस्ता त्यागी नेता नेपालले पाउनु हामी सबै नेपालीको गर्वको बिषय भएको वताउनु भयो ।
अतिथिको आसनबाट शोम जनैदारले बोल्दै यो पार्टी बिस्तार को लागि आफूहरू सधै प्रतिवद्द भएको बताउनु भयो ।नवप्रवेशीहरूको तर्फबाट राम लामाले बोल्नुभएको थियो । कार्यक्रम बागमती प्रदेश कमिटी को अध्यक्ष करण श्रेष्ठ को सभापतित्व मा भएको थियो भने कार्यक्रममा काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको जिल्ला अध्यक्षहरू सबैको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण बिजय लामाले गर्नुभएको थियो ।








प्रतिक्रिया