२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटीका रूपमा विकास गर्ने



२३ चैत्र ०७८, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् । काठमाडौं उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने बताइन् ।

उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।‘काठमाडौं उपत्यकामा धेरै भिडभाड बढ्यो । यसको विकल्पका रूपमा निजगढलाई एरो सिटीका रूपमा विकास गर्नुपर्छ । यसका लागि आवश्यक काम तत्काल सुरु गर्नुस्,’ उनले भनिन् । निजगढ विमानस्थलमा तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक, पूर्व पश्चिम रेलमार्गसमेत जोडिने भएकाले यसले काठमाडौं उपत्यकामा बढिरहेको सहरीकरणको चाप पनि घटाउने बताइन् ।

साना(साना खुद्रे योजनामा बजेट छुट्याउने नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् ।
नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।