८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको वागमतीमा पालिका अध्यक्षको चर्चा




२१ चैत्र ०७८, ललितपुर । स्थानीय निर्वाचनको सरगर्मी सुरु भएसँगै दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्षको आकाँक्षीहरुको चर्चा सुरु भएको छ । गाँउपालिकाको ३ नम्बर वडाका बडाध्यक्ष विष्णुप्रसाद तिमल्सिना आफूले पार्टीमा अध्यक्षको टिकट पाउनु पर्ने दावी गरेको बताएका छन् । वागमतीमा नेपाली काँग्रेसबाट हाल पालिका अध्यक्ष विरबहादुर लोप्चन आफै अध्यक्ष हुनु पर्ने दावी गरिरहेका छन् भने स्थानीय नेता माधव दुलाल,रविन्स शर्मार पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना पनि अध्यक्षमा आकाक्षा राख्नेमा पर्छन् ।
वडाध्यक्ष तिमल्सिना भन्छन्,‘मेरो प्रखर दावी हो । म कुनै मूल्यमा पनि दावी छोड्दिन । पृथ्वी पल्टेपनि छोड्दिन ।’
वडाध्यक्ष विष्णु आफ्नो पक्षमा गाँउपालिकामा राम्रो माओल बनेको बताउछन् । भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’
एमालेका पालिका अध्यक्ष नवराज सञ्जेलको पनि चर्चा उत्तिकै छ । सञ्जेल आफूलाई पार्टीले टिकट दिने बताउदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने कुरा भन्दै हिड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वभाविक प्रतिश्पर्धिी हुँ ।’ एमालेका अर्का नेता साजन दर्लामी पनि अध्यक्षमा दावी गरिरहेको बताउछन् । भन्छन्, ‘वडाध्यक्षमा काम गरेर विकाशको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०/३० लाख बजेट हातीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’
मओवादी केन्द्रबाट उम्मेदवारको आकाक्षा राख्नेमा निसान दर्लामी मगर रहेका छन् । उनीहरुको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउछ र कस्तो समिकरण बन्छ भन्नेमा अन्यौल रहेको पार्टी पंक्तिमा चर्चा छ ।
एक नेताका अनुसार विरबहादुर र विष्णुको अध्यक्ष को उठ्ने भन्नेमा वागमतीमा दाउपेच चलिरहेको छ । नेपाली काँग्रेसको राम्रो प्रभाव रहेको यस पालिकामा एमालेका आकाक्षीहरु नै काँग्रेसको उम्मेदवारी अनुसार आफुहरु अघि बढ्ने योजना बनाइरहेका छन् ।
केही समयअघिसम्म विष्णु तिमल्सिना र पालिका अध्यक्ष विर बहादुरबीच राम्रो सम्बन्ध रहेको तर पछिल्लो समय उनीहरुबीच ज्यादा प्रतिश्पर्धा चलेको छ ।
पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौत्तम बताउछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । काँग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’उनका अनुसार काँग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना रहेको छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’
नेकपा समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा चर्चा सुरु नगरेको बताउछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्द्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । अव तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर उम्मेदवार उठाइन्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०६ बजे