९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भक्तपुरको भङ्गेरीडाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै



२३ चैत्र ०७८, काठमाडौं । चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिएका छन् । उनले रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको र हाल जग्गा सम्याउने काम भइरहेको जानकारी दिए भक्तपुरलाई खेलकुदको हब बनाउने योजना रहेको बताए ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताएका छन् । बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइने उनको भनाइृ छ । उनले चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको र नगरपालिकाले रु ४० लाख विनियोजन गरेको बताए । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको उनको भनाई छ । खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ३० बजे