२३ चैत्र ०७८, काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको मुल्य पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया