
२३ चैत्र ०७८, काठमाडौं । नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउन रहेको बताए । उनले भाषण गर्नमात्र नभई पार्टी खडा देश बचाउनका लागि भएको उनको भनाई छ । यता भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने र सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव भएको बताए ।
एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उनको दावी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ ।‘गाउँगाउँमा बाटो पुर्याउने, सिँचाइ पुर्याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अवरुद्ध भएको बताए ।
नेपाली जनताको सपना तुहिएको सपनालाई फेरि ब्युँझाउन एमाले लाग्नुपर्ने बताए । एमालेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सबैले भरोसा गर्न सक्ने पार्टी भएकोले एमालेले चुनाव जित्ने बताए ।‘ज्येष्ठ नागरिकको आशा र भरोसाको पार्टी, युवाहरुको सपनाको पार्टी, ड्रीम पार्टी एमाले हो ।








प्रतिक्रिया