१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरी मेलाको तयारी तीव्र (तस्विरहरु)




२३ चैत्र ०७८, चापागाँउ । ललितपुरको चापागाँउ टाहाखेलमा आयोजना हुने पहिलो गोदावरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी तिव” रुपमा भइरहेको छ ।


नदक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको टाहाखेलस्थित निर्माणधि न रंगशालामा यही आउँदो शुक्रबारदेखि बैशाख ४ गतेसम्म मेला चल्नेछ ।


सुरताल इभेन्टको व्यस्थापनमा सुरु हुने मेलामा ८० वटा स्टल निर्माण लगभग अन्तिम चरणमा पुगेको छ भने स्टेज आज रातीसम्म पूरा हुने संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवास महतले बताए ।
उनले भने’ ‘मेलामा कृषि, पर्यटनका विभिन्न स्टलसँगै वाल उद्यान विभिन्न रहनेछ ।’


मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने महत बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’


मेलामा जानका लागि अटोको व्यवस्था हुने महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’


गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : २९ बजे