४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागे



२३ चैत्र ०७८, काठमाडौं । युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउन थालेपछि त्यहाँबाट सर्वासाधारण मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । युक्रेनी अधिकारीहरूले मानिसहरूलाई पूर्वी लुहान्स्क क्षेत्र खाली गर्न आह्वान गरिरहेका छन् । अमेरिकाले रूसी बैंकहरूविरुद्ध थप प्रतिबन्धहरू घोषणा गर्ने अनुमान गरिएको छ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरीहरूलाई लक्षित गरी अन्य प्रतिबन्ध लगाउने तयारीसमेत गरेको विवरणहरूमा जनाइएको छ ।

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वीयुक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । यसअघि एउटा भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका थिए । यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वीयुक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ३२ बजे