२३ चैत्र ०७८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा लोडसेडिङ नभएको दाबी गरेका छन् ।
उर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विद्युत आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निसाना साँधेको आरोप लगाए ।
निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै गरेको दाबी गरे ।केही दिन परेको संकटलाई देखाएर उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै कार्यकारी निर्देशक घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरे ।
प्रतिक्रिया