२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चोभार सुख्खा बन्दरगाह एमाले सरकारले निर्माण गरेको हो: ओली



२३ चैत्र ०७८, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाह निर्माण कांग्रेसले पटक–पटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरको सिपाडोलमा भूकम्पबाट क्षति भइ पुनर्निर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको दाबी समेत गरे ।

उनले वर्तमान सरकारका कारण बिकासको काम नै अवरुद्ध भएको जिकिर समेत गरे । वर्तमान सत्ता गठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै ओलीले कुहिएको गठबन्धन झरेपछि मुलुक बिकासको बाटोमा अघि बढ्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।